Rule 4
ग्राहकको पहिचान गर्दा लिनु पर्ने विवरण
(१) ऐनको दफा ७क. को उपदफा (२) को प्रयोजनको लागि सूचक संस्थाले ग्राहकको पहिचान गर्दा ग्राहकको देहाय बमोजिमको न्यूनतम विवरण लिनु पर्नेछः–
(क) प्राकृतिक व्यक्तिको सम्बन्धमाः–
(अ) पूरा नाम,
(आ) स्थायी र हालको बसोबास वा कार्यरत निकायको पूरा ठेगाना र तत्काल सम्पर्क गर्न सकिने माध्यम सम्बन्धी विवरण,
(इ) जन्म मिति र लिङ्ग,
(ई) आमाबाबु वा आमा वा बाबु मध्ये कुनै एकको पूरा नाम,
(उ) राष्ट्रियता,
(ऊ) ग्राहकको प्रकार बमोजिम देहाय मध्येका कुनै एक विवरण ः–
(१) नेपाली नागरिकको हकमा नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीको नम्बर, जारी मिति,
जारी भएको स्थान र बहाल रहने अवधि,
(२) नेपाली नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र वा नावालक परिचयपत्र नम्बर र अभिभावक वा संरक्षकको नागरिकता वा राहदानीको नम्बर, जारी मिति, जारी भएको स्थान र बहाल रहने अवधि,
(३) नागरिकता नलिएको नेपाली नागरिकको हकमा गाउँपालिका वा नगरपालिकाको सिफारिस,
(४) विदेशी नागरिकको हकमा राहदानी नम्बर, जारी मिति, जारी भएको स्थान र बहाल रहने अवधि,
(५) राहदानी नभएका भारतीय नागरिकको हकमा भारतीय कानून बमोजिम नागरिक हो भनी लिएको प्रमाणपत्रको नम्बर, मिति,
जारी गर्ने निकाय र स्थान,
(६) शरणार्थीको हकमा सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र नम्बर, जारी र समाप्ती मिति र जारी भएको स्थान ।
(ख) कानूनी व्यक्तिको सम्बन्धमाः–
(अ) कानूनी व्यक्तिको नाम,
(आ) रजिष्टर्ड तथा व्यवसायिक कार्यालयको ठेगाना, फोन, इमेल, वेवसाइट लगायत अन्य कुनै सम्पर्क माध्यमको पूरा विवरण,
(इ) कानूनी व्यक्ति र व्यवसायको प्रकार,
(ई) कानूनी व्यक्तिको दर्ता, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र नम्बर, जारी मिति, बहाल रहने
अवधि, जारी गर्ने निकाय र मुलुक,
(उ) कानूनी व्यक्तिको प्रकार बमोजिम दर्ता वा अनुमति प्राप्त गर्न आवश्यक मुख्य कागजात, व्यवसाय वा मुख्य उद्देश्य,
(ऊ) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर,
(ए) सञ्चालक वा व्यवस्थापन समिति वा त्यस्तै कार्यका लागि गठन भएको अन्य कुनै समिति भए त्यसका पदाधिकारी तथा उच्च व्यवस्थापकको
व्यक्तिगत विवरण,
(ऐ) प्रोप्राइटर वा साझेदार वा कानूनी व्यक्तिको दश प्रतिशत वा सो भन्दा बढी स्वामित्व धारण गर्ने शेयरधनीको व्यक्तिगत विवरण,
(ओ) खाता सञ्चालकको व्यक्तिगत विवरण,
(औ) कुनै कानूनी व्यक्तिको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व धारण गर्नेे कानूनी व्यक्तिको हकमा त्यस्तो कानूनी व्यक्तिको दश
प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने व्यक्तिको विवरण ।
(ग) कानूनी प्रबन्धको सम्बन्धमाः–
(अ) कानूनी प्रबन्धको नाम, मुख्य उद्देश्य र कार्य,
(आ) कानूनी प्रबन्धको दर्ता वा स्थापना तथा कार्य सञ्चालन गरेको मुलुक र सो कोे ठेगाना, फोन, इमेल, वेवसाइट लगायत अन्य कुनै सम्पर्क
माध्यमको पूरा विवरण,
(इ) दर्ता, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र नम्बर, जारी मिति, बहाल रहने अवधि, जारी
गर्ने निकाय र मुलुकको विवरण,
(ई) ट्रष्टी, नियन्त्रक, संरक्षक वा सेटलरको नाम र स्थायी बसोबास वा कार्यस्थलको पूरा ठेगाना र तत्काल सम्पर्क गर्न सकिने माध्यम,
(उ) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर,
(ऊ) हिताधिकारीको नाम र ठेगाना,
(ए) खाता सञ्चालकको व्यक्तिगत विवरण ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले सरकारी निकाय वा संस्था वा अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्थाको ग्राहक पहिचान गर्दा सम्बन्धित निकाय वा संस्थाको खाता वा कारोबार सञ्चालन गर्ने निर्णय, आर्थिक कारोबार गर्ने सम्बन्धमा दिएको अख्तियारनामा र खाता सञ्चालकको व्यक्तिगत विवरण लिनु पर्नेछ ।
(३) सूचक संस्थाले ग्राहक, कारोबार, क्षेत्र, उत्पादन, सेवा, भुक्तानी माध्यम र त्यसको जोखिम अनुरुप ग्राहक पहिचान गर्न आवश्यक थप व्यवस्था गर्नु पर्नेछ ।
(४) सूचक संस्थाले ग्राहकको खाता खोल्दा प्रचलित कानूनको अधीनमा रही ग्राहकको ल्याप्चे सहीछाप लिनु पर्नेछ ।
तर गैर वित्तीय पेशाकर्मी वा व्यवसायीको हकमा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिम हुनेछ ।